पर्यटकिय क्षेत्रको विकासमा जुटदै प्रदेश मन्त्रालय ।

२ भाद्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


रेनुका गिरी
बुटवल, २ भाद्र । प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेको छ । कपिलवस्तु महाराजगँजको भिल्मीमा रहेको अजिगरा तालको अध्ययन अवलोकन गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो । प्रदेश ५ का विभिन्न क्षेत्रलाई पर्यटकिय क्षेत्रको गन्तब्यका रुपमा विकास गर्ने मन्त्रालयको याजना छ ।९० बिगाह क्षेत्रफलमा फैलिएको सो अजिगरा तालमा जंगली धान पाइने त्यहाका स्थानिय पुर्व राज्यमन्त्री किशोर दयाल मिश्रले जानकारी दिनुभयो । सरकारले सञ्चालन गरेको सिमसार आयोजनाले जंगली धानको संरक्षणमा जोड दिदैँ आएको छ । सन् २००९ देखि सञ्चालनमा रहेको आयोजना अन्तर्गत जंगली धानको संरक्षणलाई प्राथमिकता दिइएको छ ।कपिलबस्तुका विभिन्न क्षेत्रमा रहेको जंगली धानको संरक्षणका लागि आयोजनाले स्थानीय निकायसँग मिलेर संरक्षण अभियान चलाएको छ । कृषि विज्ञहरुका अनुसार जंगली धानबाटै अहिले खेती गरिँदै आएको धानको विकास भएको हो ।तराईमा मनाईने जितिया पर्वका अवसरमा जंगली धान मिसाएको चामल खानुपर्ने धार्मिक प्रचलन रहि आएको छ ।
यसैगरी मन्त्रालयले ४ सयभन्दा बढी विद्यार्थी पढ्ने कपिलिवस्तुको महराजगन्ज नगरपालिका १ को दुर्गाभवानी कन्या निमाविको पनि अवलोकन गरेको छ । विद्यालयको कार्यलय सहयोगीदेखी सबै क्षेत्रमा महिला मा रहेका छन । महिलामात्र पढाइ हुने विद्यालयमा उक्त क्षेत्रमा नमुना मानिन्छ । यस्तै मन्त्रालयले कपिलवस्चुको कृष्णनगर भन्सार कार्यालय नजिक रहेको नेपाल भारत प्रवेशद्धारको पनि अवलोकन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस