छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–९ मलदैया टोलमा को २ प ६१५६ नम्बरको मोटरसाइकल र को २ प १०१६ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा को २ प ६१५६ नम्बरको मोटरसाइकलका चालक छन् । प्रहरीले उनको पहिचान खुल्न नसकेको जनाएको छ । यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृतक पुरुषको नाम नखुलेको प्रहरीको भनाइ छ ।