साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थानको लागि भुटानको सामना गर्दै

प्रकाशित मिति:

काठमाडौं भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने लक्ष्यका साथ मैदान उत्रनेछ । यता, भुटान पनि नेपाललाई निराश पार्दै तेस्रो बन्ने योजनामा हुनेछ ।यस्तोमा नेपाल र भुटानबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आजै भारत र बंगलादेशबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ । खेल ६ः४५ बजेपछि हुनेछ । यी दुई टोली गतवर्ष पनि फाइनल खेलेका टोली हुन् । फाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको थियो ।