मुनलाइट माविमा भानुजयन्ती मनाइयो

प्रकाशित मिति:

भैरहवा- २०६ औँ भानु जयन्तीको अवसरमा भैरहवाको मुनलाइट आवासीय माध्यमिक विद्यालयमा विविध कार्यक्रम सहित मनाइएको छ ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष राजेशराज जोशीले घाँसीले आफ्नो जीवनभरी घाँस काटेर बेच्ने र बचत भएको पैसाले सामाजिक कार्यमा लगानी गरेकोले हामी पनि अमर रहनको लागि जीवनमा अमुल्य काम गर्नु पर्ने बताउँदै प्रेरणा प्रदान गर्ने व्यक्ति जो पनि हुन सक्ने बताए । त्यस्तै विद्यालयका जनसम्पर्क अधिकृत टिकाराम भट्टराईले भानुको सन्देश नेपालमा मात्रै नभइ विदेशमा पनि फैलिएको बताउँदै भानुलाई घाँसीले प्रेरणा प्रदान गरेकोले राम्रो कुराहरुलाई सबैले अनुकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका अध्यापक मधुसुदन पोखरलेले भानुको जीवनीको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कक्षा १० मा अध्ययनरत निकिता पाण्डे र शिक्षिका शुसिला भण्डारीले भानुको सम्झनामा कविता वाचन गरेका थिए । कार्यक्रम विद्यालयका शिक्षक भिमार्जुन पोखरेलको सञ्चालन र टिकाराम भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

मनुलाइटमा अभिमुखिकरण – मुनलाइट आवासीय माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बीच कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्राचार्य राजेशराज जोशीले विद्यालयले पढाइ सँगसँगै अनुशासनलाई महत्व दिने बताउँदै ३० वर्ष अगाडि देखि भैरहवा क्षेत्रमा स्थापित विद्यालयले जिल्लामा पटक पटक कक्षा ११ र १२ मा जिल्ला टप हुन सकेको बताए । त्यस्तै प्लसटु संयोजक टिकाराम भट्टराईले विद्यार्थीलाई अभिमुखीकरण गर्दै नर्सरी देखि कक्षा १२ सम्म पढाइ हुने क वर्गको विद्यालय रहेको बताए । विद्यालयमा पढाइसँगसँगै वार्षिक कार्यतालिका अनुसार अतिरिक्त कार्यक्रम पनि गर्दै अगाडि बढेको छ भट्टराईले भने ।