बुटवल-पाल्पा सडक सञ्चालनमा

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड साँझ ६ बजेसम्मका लागि बन्द गर्ने भनिएपनी यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सडक संचालनमा आएको छ । दिउसो २ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

शनिबार दिउँसो साढे २ बजे तिनाउ गाउँपालिका-३ हेडबक्स नजिकै पहिरो खस्दा ढुंगाले उछिट्याएर मोटरसाइकलमा सवार पाल्पा मित्यालका ३२ वर्षीय धनबहादुर सुनारीमगरको मृत्यु भएको थियो । सडकमा ढुंगे पहिरो खसेका कारण बुटवल-पाल्पा खण्ड सडक झण्डै २० घण्टा पूर्णरुपमा बन्द भएको थियो ।