नेपाल तरुण दलका महासचिव शाहीको देश दौडाहा जारी

प्रकाशित मिति:

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले बर्तमान सरकार पतनको बाटो तर्फ उन्मुख भैरहेको बताउनु भएको छ । दुई तिहाइको दम्भ बोकेको नेकपा नेतृत्वकोे बर्तमान सरकार भ्रचारमा र्चुलुम्म डुबेको बताउदै जनता जागरुप हुन अब ढिलो गर्न नहुनेमा जोड दिनु भयो । संगठन सुदृणीकरणको लागि मेची महाकाली देश दौडाहामा रहनु भएका महासचिव शाहीले शनीबार कैलाली निर्बाचन क्षेत्र नम्बर २ को बलियामा कार्यक्रता संग भेटघाट गदै स्थानिय तहमा भैरहेको भष्ट्रचार, आर्थिक अनियमितताको बिरुद्धमा शसक्तरुपमा प्रतिबाद गर्न जोड दिनु भयो ।

बर्तमान सरकार जनताको जन जिबिका भन्दा आफ्ना कार्यक्रता कसरी पाल्ने भन्नेमा बढी चिन्तीत रहेको बताउदै तरुणदलमा आबद्ध युवाहरुलाई जनताको पक्षमा शसक्त भएर लाग्न निर्देशन दिनु भएको थियो । मेचि देखि महाकालि, हिमाल देखि तराई मधेश सम्मका जनता प्रधानमन्त्री के।पी शर्मा ओली नेतृत्वको सरकार प्रति रुष्ट छन, मतदातामा उमंग छैन, जताततै असन्तुष्टीका स्वर सुनिएका छन, तरुदलका महा सचिव शाहीले भन्नु भयो, सरकारको अधिनायकबादको बिरुद्ध सबै जनता एक जुट हुनै पर्छ । सरकार एक पछि अर्को निर्णय गदै, पछि हटिरहेको छ । जनविरोधी सरकारको काममा नेपाली काग्रेस र तरुणदलले सदन र सड्क बाट आवाज उठाई रहेको छ, नेता शाहीले भने हामि जनताको साथमा छौ ।  एक अर्को प्रशंगमा बोल्दै नेता शाहीले भारतलाई मात्र गालि गरेर कृहि नहुने बताउदै देशमा भारतबाट आयात हुदै आएको बिषदी युक्त तरकारी र फलफुलको बिषयमा प्रधानमन्त्री के।पि शर्मा ओलीको खोक्रो राष्ट्रबाद र राष्ट्रघाति कमद छर्लङ्ग भएको बताउनु भयो ।

नेपाल कम्न्युष्टि पार्टिको दुई तिहाई सरकार रहेकै बेला अर्को कम्न्युष्टि पार्टिलाई प्रतिबन्ध लगाएको प्रशंगमा नेता शाहीले सरकार हिसां बढाउन उद्धत रहेको बताउनु भयो । राजनीतिक आस्थाकै आधारमा कसैलाई गोली ठोकी हत्यागर्नु सरकार आफै शान्तिको पक्षमा नरहेको प्रष्टभएको बताउनु भयो ।संगठन सुदृढीकरणको लागि मेचि महाकालि देश दौडाहाको क्रममा तराईको झापा, मोरङ्ग, सुनसरी धादीङ्ग चितवन हुदै कैलाली पुग्नु भएका तरुदलका महासचिव शाहीले पार्टिको केन्द्रिय कार्य समितिले भातृसंगठन शसक्त बनाउन नसकेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । तरुण दलका नेता तथा कार्यकर्तालाई अनुशासित भएर संगठनको काममा लाग्न निर्देशन दिंदै महासचिव शाहीले सरकारको गलत क्रियाकलापको सशक्त ढगंले भण्डाफोर गर्न आह्वान समेत गर्नु भएको थियो । महासचिव शाहीले संगठनमा आवद्ध युवाहरु सक्रिय भएर नेतृत्वलाई विधान र प्रक्रिया अनुसार चल्न दवाव समेत दिनु पर्ने बताउनु भयो ।केन्द्रिय कार्यसमितिको कार्यकाल सकिन करिव ४ महिना मात्रै बाँकी रहँदा सम्म पनि कमिटि विस्तार हुन नसक्नु दूर्भाग्यपूण भएको भन्दै महासचिव शाहीले पार्टी नेतृत्वले उचित निर्णय लिन नसक्ने र अध्यक्षले पनि कमिटि विस्तार गर्न पहल नगर्ने हो भने आँफु बाध्य भएर कमिटि विस्तार गर्ने तर्फ लाग्ने भन्दै नेतृत्वलाई चुनौति दिनु भयो ।