बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ जना अझै बेपत्ता

प्रकाशित मिति:

काठमाडौं – अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै २६ जना बेपत्ता छन् । मृत्यु भएकामध्ये ३६ जना पुरुष र २४ जना महिला छन् । बेपत्ता भएका मध्ये १४ जना पुरुष र महिला १२ जना महिला छन् ।

यस्तै बाढी र पहिरोमा परी ३८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा २१ जना पुरुष र १७ जना महिला छन् । बाढी र पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । – खबरहब