बनारसमा चिनियाँ राष्ट्रपति र मोदीले डुंगा सयर गर्ने कार्यक्रम

२९ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
52 Shares


एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीबीच दोस्रो अनौपचारिक शिखर वार्ता हुने भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबर १२ मा सी र मोदीबीच बनारसमा शिखर वार्ता हुन लागेको हो। गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो ।
सोही भेटमा दुई नेताबीच भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा अनौपचारिक शिखर वार्ता गर्न सल्लाह भएको बताइउएको थियो । बनारसमा सी र मोदीले गंगा नदीमा डुंगा सयर गर्ने कार्यक्रम रहेको बताइएको छ। शिखर वार्ताको थप विवरण भने सार्वजनिक गरिएको छैन। शिखर वार्ताको तयारीका लागि भारतीय विदेश मन्त्री एस जयशंकर अर्को महिना बेइजिङ जाने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…