सैनामैनाको देउवापारमा गौतमबुद्ध सभाहल बन्दै

२९ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
84 Shares


सैनामैना –सैनामैना नगरपालिका वडा न।७ मा गौतमबुद्ध सभाहलको आज एक कार्यक्रमका विच शिलन्यास गरिएको छ । प्रदेश ५का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एक कार्यक्रमका बिच सो सभाहलको शिलन्यास गर्नुभएको हो । सभाहलको शिल्यान्यास गर्दै उहाँले सभाहल निर्माणले यस क्षेत्रका सृजनात्मक काम गर्न सजिलो हुने बताउनु भएको छ । कुनै पनि कार्यक्रम ,सभा र गोष्ठी गर्न यस हलले थप सहयोग नुग्ने समेत ढकालको भनाई थियो ।कार्यक्रममा सैनामैना ७ का वार्ड अध्यक्ष डिलाराम बेल्वासेले सैनामैनामा निर्माण भएको सभाहल यस क्षेत्रकै गहना भएको बताउनु भयो ।

करिब ८० लाखको लागतमा बन्ने उक्त सभाहलमा प्रदेश सभाबाट २५ लाख, सैनामैना वडा नं ७ बाट रु १० लाख स्थानिय ताराबार बृक्षारोपण समितिबाट ४ लाख, टोल विकास समितिबाट १ लाख गरि निर्माण कार्य सुरु भएको छ भने बाँकी नपुग रकम प्रदेशबाट जुटाइने वडा अध्यक्ष डिलाराम बेल्वासेले जानकारी दिनु भएको छ । कार्यक्रम गौतमबुद्ध सभाहलका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षता,प्रदेश सभा सदस्य भुमिश्वर ढकाललको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष डिलाराम बेल्बासेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम सभाहलका उपाध्यक्ष घनश्याम खनालको स्वागत तथा सचिब यदुनाथ ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया