मर्स्याङदी नदीमा माछा मार्ने क्रममा एक वेपत्ता

प्रकाशित मिति:

तनहुँ-आँबुखैरेनी गाउँपालिका वडा नं २ मर्याङदी नदीमा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा सोही वडामा बस्ने ४२ वर्षिय कृष्णबहादुर कडेंल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदीमा माछा मार्ने क्रममा उनी दिउँसो २ बजे देखि बेपत्ता भएका हुन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।