बुटवल महिला जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

भविष्यका कर्णदारलाई उचित ज्ञान दिएकामा मेसुद्धारा महिला जेसिजलाई धन्यवाद ज्ञापन

बुटवल महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ । महिला जेसिजले साताभरि विभिन्न सामुदायिक विद्यालयहरुमा छात्राहरुका लागि महिला तथा प्रसुती रोग विशेषज्ञको सहजीकरणमा स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरेर सप्ताहव्यापी कार्यक्रम मनाएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथी लुम्बिनी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खनालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जो भोलिका कर्णदार हुन् उनीहरुलाई ज्ञान दिएर जेसिजले गरेको कार्यको प्रशंसा जति गरेपनि कम हुने बताउंदै समाजमा हुने परिर्वतनका लागि समयमै गरिएको अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै देवदह मेडिकल कलेजका प्रिन्सिपल डा. रेशम रानाले जेसिजले स्वास्थ्यकर्मीको काम निर्वाह गरेको भन्दै यस्ता कार्यक्रममा सहयोग गर्न आफू र आफ्नो संस्था सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बुटवल जेसिजका अध्यक्ष यमप्रसाद तिवारीले महिला जेसिजले गरेको अभियानले समग्र जेसिजको प्रशंसा भएकोमा खुशि व्यक्त गर्दै मातृ संस्थाका नाताले महिला जेसिजका कार्यक्रममा आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले संस्था जन्माउनु ठूलो कुरा नभएको भन्दै त्यसलाई टीकाईराख्नु र समाजमा परिचित गराउनु महत्वपूर्ण रहेको भनाई राख्नुभयो । वहांले महिला जेसिजमा आबद्ध हरुलाई देश र समाजप्रति केही गर्न सक्ने नागरिक बन्न सुझाउनुभयो । साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठको स्वागत रहेको कार्यक्रममाधन्यवाद ज्ञापन गर्दै महिला जेसिजका अध्यक्ष राधिका पाख्रेलले यो कार्यक्रमले समाजका हरेक महिलाको स्वास्थ्य समस्या समाधान नभएपनि समस्या समाधानको उपाय भने सिकाएको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यमा आफ्नो संसथा सक्रिय भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रअ तथा विद्यार्थी र कार्यक्रम अवधीभर संयोजकको भूमिका निर्वाह गरेका सदसयहरुलाई सम्मान समेत गरिएको थियो । महिला जेसिजका महासचिव लक्ष्मी थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा महिला जेसिज सिद्धार्थनगरका अध्यक्ष विन्दु काफ्ले, भलवारी जेसिजका अध्यक्ष गोविन्द पंगेनी,महिला जेसिजका आजिवन सदस्यहरु कल्पना श्रेष्ठ,मिना केसी, पूर्व अध्यक्ष हरु कल्पना जोशी,राजुदेवी खनाल, मन्जु पराजुली, मन्जु भुषाल निर्वतमान अध्यक्ष रुपा पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी र महिला जेसिजका पदाधिकारी एवमसदस्यहरुको उपस्थिती रहेको थियो ।