एक झुप्पा अंगुरको मूल्य १२ लाख रुपैयाँ

प्रकाशित मिति:

एजेन्सी –एक झुप्पो अङ्गुरको मूल्य बढीमा कति पर्ला रु पाँच सय वा एक हजार रु तर जापानमा एक विशेष किसिमको एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ ।जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरिद गर्दछन् । रुबी रोमन जातको यो अंगुरको एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगूरको रंग हरियो वा कालो नभई पूर्णरुपमा रातो हुन्छ ।

धनीको फल भनेर पनि चिनिने यो अंगूर जापानको इशिकावा प्रान्तको सरकारी निकायले विकास गरेको हो । खानमा निकै स्वादिलो यो रातो अंगुर जापानमा लग्जरी फलको श्रेणीमा पर्दछ ।विशेषतः शुभ अवसरमा उपहार दिनका लागि यो अंगुरको प्रयोग हुने गर्दछ । सजिलैसँग नपाइने भएकाले पनि यसको बजारमा लिलामी समेत हुने गरेको छ । लिलामीकै क्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गरेको थियो ।