अमेरीका । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्क को आफ्नै कार्यलयमा स्वागत तथा भेटघाट कार्यक्रम आज जुलाइ १४, आइतवार को बेलुकी सम्पन्न गरेको छ। नेपाली कांग्रेस का नेता, सांसद, ने का बर्दीया का सभापति तथा पुर्व मन्त्री सजंय गौतम लाइ प्रमुख अतिथि मा यस फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाइ स्वागत तथा सम्मान गर्नुभयो।
प्रमुख अतिथि गौतमले हाम्रा अग्रज-एतिहासिक आदर्णीय नेताज्युहरु क्रमशः शुवर्ण शम्सेर, विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिहं, कृष्ण प्रसाद भट्टराइ, भिम बाहादुर तामाङ्ग, महेन्द्र नारायण निधी, गीरीजा प्रसाद केइराला, शैलजा आचार्य र सुशील कोइराला का तस्वीरहरु अनावरण गरेर यो भेटघाट र बिचार-बिमर्श कार्यक्रम को सुरुवात गर्नु भयो। यस कार्यक्रम मा बिषेश अतिथि पुर्व सांसद र पुर्व सचेतक डा। शोभाकर पराजुली हुनुहुन्थ्यो भने अरु आमन्त्रण अतिथिहरुमा वरिष्ठ अधिभक्ता शैलेन्द्र दाहाल, कानुनविद तथा यसै फाउण्डेशनका कानुनी सल्लाहकार गीरीजा गौतम , कानुनविद तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय नेपाल कानुनी सल्लाहकार शिखर पण्डित र नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा ज्यु हरुलाइ खादा लगाइ यस फाउण्डेशन का अध्यक्षले स्वागत गर्नु भयेको थियो। यस कार्यक्रम मा स्वागत मन्तव्य दिनेहरुमा क्रमशः वरिष्ठ अधिभक्ता शैलेन्द्र दाहाल, कानुनविद द्वय गीरीजा गौतम र शिखर पण्डित, डाक्टर गोविन्द कोइराला, बाबुकृष्ण सापकोटा, सुर्य लम्साल हरु हुनुहुन्थीयो। यस कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य द्वोय श्याम कार्की र प्रेम पौडेल, बन्दना कोइराला , अधिकारकर्मी गुणराज प्याकुरेल, कोपिला देवकोटा, ने।वि। सघं अमेरिकारक्यानाडा का संस्थापक माहासचिव दोर्जे शेर्पा, बिक्रम आत्रेय हरुकको उपस्थिति रहेको थियो। डाक्टर गोविन्द कोइराला ले गीरीजा वावु को सम्झना मा मार्मीक कविता वाचन गर्नु भयो। बिषेश अतिथि नेपाली काग्रेस का नेता, पुर्व सांसद र पुर्व सचेतक डा। शोभाकर पराजुली ले गीरीजा वावुले राष्ट्रको हितको लागि निर्भीक र निडर का साथ निर्णय गरेको इतीहास स्मरण गराउदै आज देशमा उहाँ जस्तो नेताको खाँचो छ भन्नु भयो।
नेता पराजुलीले गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को कार्यलयले पुस्तकालय स्थपना गर्दै, ४० थान किताव ूप्रजातान्त्रिक समाजवादू उहाँ ले आफै लेखेको पुस्तक र आदरणीय नेताज्युहरुको तस्वीर उपहार प्रदान गर्नु भयो। प्रमुख अतिथि नेपाली कांग्रेस का नेता, सांसद, ने।का। बर्दीया का सभापति संजय गौतमले, अब हामी सबै कांग्रेस्सीहरु देश या विदेश मा गिरीजा वावु कै मुलमन्त्रस् सहकार्य, सहमति र एकता नै अङ्गीकार गरेर अघि बढन आग्रह गर्नु भयो र साथै अब नेपाली कांग्रेस विधि विधान मानेर अघि वडेमात्र पार्टी को भविष्य राम्रो हुन्छ भन्नु भयो। अध्यक्ष सोमनाथ घिमीरे ले प्रमुख अतिथि सजंय गौतमलाइ माया को चिनो स्टेटु अफ लिबर्टी को तामापत्र उपहार प्रधान गर्नु भयो। अन्त्यमा यसै फाउण्डेशन का केन्द्रीय सदस्य बिष्णु सिंह बैजु ले गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाको तर्फ़ बाट उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गर्नु भयो। गीरीजा कोइराला फाउण्डेशन अमेरीका का अध्यक्ष सोमनाथ घिमीरे ले नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ र नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।