पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

३० असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
86 Shares

File Image

हेटौंडा – मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको छ । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
आइतबार राति करिब ११ बजेतिर खसेको पहिरोले घरसहित उनीहरुलाई पुरेको हो । पहिरोमा परी घाइते भएकी ३८ बर्षीया बेली बलामीलाई उपचारको लागि लगिएको उपरीक्षक सिंहले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली गएर खोजतलास गरेपछि आइतबार बिहान शव फेला परेको हो । योसँगै बाढी र पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन