विश्वकप क्रिकेटमा बाजी ठाप्ने २ जना पक्राउ

३० असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
18 Shares


वीरगन्ज – इङ्ग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी लगाउने २ जना ‘सट्टेबाज’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार अपराह्न वीरगन्जबाट २ जनालाई पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ का ३१ वर्षीय आशिष कुमार वर्णवाल र २१ वर्षीय निरज तिवारी छन् । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया