निउरो खाँदा दाजु र बहिनीको मृत्यु, आमाको अवस्था गम्भीर

प्रकाशित मिति:

अछाम-अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् ।

प्रहरीका अनुसार मनिषाको घरमै र उनको दाइ रमेशको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान आमाले जङ्गलबाट निउरो ल्याएपछि तरकारीको रुपमा पकाएर खाएका थिए ।निउरो खाएपछि आमासहित उनीहरु तीनै जनामा वान्ता हुने रिंगटा लाग्नेजस्ता लक्षण देखा परेको थियो । हाल मृतकहरुका आमा ३१ वर्षीया आमा नरपता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिएका छन् । उनको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।