अस्ताए अन्नान

प्रकाशित मिति:

भाद्र २ / संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको शनिबार असी बर्षको उमेरमा निधन भएको छ । उनको पारिवारिक स्रोत र कोफी अन्नान फाउण्डेसनले आकस्मिक रोगको कारण स्विजरल्याण्डमा निधन भएको जनाएको हो । अन्नान सन् १९९७ देखी २००६ सम्म संयुक्त राष्ट्र संघको महासचिवको रुपमा कार्यरत थिए । उनलाई सन् २००१ मा नोवेल शान्ति पुरस्कारबाट समेत सम्मान गरिएको थियो । उनी संयुक्त राष्ट्र संघको सातौं र पहिलो अश्वेत महासचिवको थिए । उनी संयुक्त राष्ट्र संघको जागिरेहरुबाट महासचिब बन्ने पहिलो व्याक्ति समेत हुन् । सन् १९३८ मा घानामा जन्मिएका अन्नान शान्ति , दीगो बिकाश, मानव अधिकार र बिधिको शासनको अभियान्ताको रुपमा समेत चिनिन्थे ।