गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको तेश्रो अधिवेशन े क्याम्वरओयल अष्ट्रेलियामा सम्पन्न भएको छ ।सोमबार सम्पन्न भएको अधिवेशनले गान्धी प्रसाद भट्राईको अध्यक्षतामा ११ सदस्यीय गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया समितिको पूर्नगठन गरिएको छ ।समितिको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे,सचिवमा प्रकाश अर्याल, सह–सचिवमा बर्षा भण्डारी,कोषाध्यक्षमा राजन पोखरेल रहेका छन् ।

त्यस्तै समितिको अन्य सदस्यहरुमा रमेश अर्याल,रामहरि सापकोटा,दिनेश काफ्ले,माधव खरेल,रामचन्द्र पोखरेल,नविन भण्डारी रहेका छन् । साथै सोहि अधिवेशनले सल्लाहकार समितिको समेत पूर्नगठन गरेको छ । सल्लाहकार समितिहरुमा भिमलाल सापकोटा,लालसिंह खत्री,जनकराज गौतम,मणिरत्न सापकोटा,लक्षमण सापकोटा,शिवलाल सापकोटा,सन्देश पन्थ नारायण चालिसे,रहेका छन् ।
कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान अध्यक्ष मणिरत्न सापकोटा अध्यक्षता तथा एनआरएनए अष्टेलियाका अध्यक्ष केशव कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा महेन्द्र आदर्श माध्यमिक विद्यालय गुल्मीका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटाको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका निबर्तमान सचिव गान्धी प्रसाद भट्राइले गरेका थिए ।कार्यक्रममा नेपालका विभिन्न स्थानबाट अष्ट्रेलियामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । उक्क्त संस्थाले विगत केहि बर्षयता निरन्तर रुपमा कार्य गर्दै आइरहेको छ ।