उपेन्द्र यादवको पुत्ला जलाइयो

प्रकाशित मिति:

सप्तरी – उपप्रधान तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ का आफ्नै मतदाताले पुत्ला दहन गरेका छन् । सप्तरीको कोइलाडी चोकमा मंगलबार स्थानीयको एक समूहले यादवको पुत्ला दहन गरेको थियो । यादव प्रतिनिधिसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी सांसद हुन् ।
वर्षातसँगै आएको बाढी र डुवानका बेला यादवले पीडितलाई राहतको पहल गर्नुको साटो उल्टै विदेश सयरमा हिंडेको भन्दै विरोधमा पुत्ला दहन गरिएको हो । तिलाठी–कोइलाडी बाढीबाट अतिप्रभावित क्षेत्र हो । चुनावमा मत दिएर जिताएको भए पनि आफूहरुको दुःखमा यादवको साथ नपाएको आरोप स्थानीयको छ । – काठमाण्डुटुडे