भवन भत्किँदा १२ जनाको मृत्यु

प्रकाशित मिति:

मुम्बई– भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ । मुम्बईको डोंगरी क्षेत्रमा ४ तले भवन भत्किँदा १२ जनाको मृत्यु भएको र ५ जनालाई सकुशल उद्दार गरिएको इन्डिया टुडेले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन् । भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ । स्थानीय प्रहरी र उद्दारकर्मीले भवनमा च्यापिएका व्यक्तिको खोजी जारी राखेका छन् भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।