कान्ति माध्यमिक बिद्यालय गुरु पुूर्णिमा

प्रकाशित मिति:

बुटवल -कान्ति माध्यमिक बिद्यालय कक्षा १२ का अध्ययनरत बिद्यार्थीहरुको व्यास पूर्णिमा अर्थात गुरु पूणर््िामा गुरु सम्मान कार्यक्रमको आयोजना गर्यो । कक्षा १२ मा अध्ययनरत बिद्यार्थी कृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले शिष्यले आफ्ना गुरुहरुलाई सम्मान गर्नु पौराणिक कालदेखि चल्दै आएको परम्परा हो आफ्ना गुरु, आमा बुवालाई सम्मान र आदर गर्नु सबैको कतब्र्य पनि हो ।

अरुलाई सम्मान गर्न सके आफु पनि सम्मानित भइने धारणा राख्नु भएको थियो । बिद्यालयका प्राचार्य गोबिन्द ज्ञवालीको गुरु र शिष्य बीचको सम्बन्ध प्राचीन कालदेखि चल्दै आएको हँदा पौराणिक कालमा ऋषिमुनीहरुले आफ्ना शिष्यलाई सबै ज्ञान दिने प्रचलनबाट नै अगाडि बढेको बताउने भयो । हरेक बिद्यार्थीहरुको राम्रो प्रगति र असल नागरिक बनेमा स्वतः गुरु सम्मानित हुने बताउनु भएको थियो । सह प्राचार्य चुरामणि पौडेलको ब्यास पूर्णिमा ब्यास ऋषिको सम्मानमा अगाडि बढेको परम्परा हो बेद ब्यास जस्ता कृतिका रचनाकारको सम्मानमा यो परम्परा शुरुवात गरेको प्रसङ्ग पाईन्छ ।अहिलेको शिक्षा प्रणाली परिवर्तन भए पनि सिक्ने र सिकाउने परम्परा यथावत रहेको हुँदा आफुलाई शिक्षित तुल्याउने अग्रजलाइ सम्मान गर्नुपर्छ भन्ने मान्यता साथ यो प्रचलन अगाडि बढेको बताउनु भएको थियो ।वास्तबमा शिक्षक एउटा माझी पनि को सम्पूर्ण बिद्यार्थीहरुलाई वारपार (नदी तार्छ) गराउँछु तर आफु नदिको किनारमा नै रहने गर्दछु । शिक्षक आफु मैनबती हो अरुलाई उज्यालो छर्छ भने शिक्षक अगरबत्ती पनि हो अरुलाई सुवास छर्दछ भन्ने धारणा राखिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले गीत, गजल प्रस्तुत गरेका थिए कार्यक्रमको संचालन बिद्यार्थी अंकिता गैरे र रोहित सुनारले प्रस्तुत गरेका थिए । सम्पूर्ण शिक्षकहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा ब्यवस्थापन समितिका सदस्य, सल्लाहकार तथा शिक्षकको उपस्थित रहेको थियो ।