बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त

प्रकाशित मिति:

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् । महासचिव गुटेरेसका सहायक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी जीवन तथा घरवार सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका जनताप्रति सहानुभूति व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले बाढी, पहिरो तथा डुवान प्रभावित देश र जनतालाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघ तयार भएको बताएका छन् ।उनले बाढी, पहिरो र डुवानमा परी जीवन गुमाउनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।