नेटवर्किङ धन्दा : संलग्न ११ जनालाई कपिलवस्तु प्रहरीले गर्‍यो सार्वजनिक

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – युनिटि नेटवर्किङंगमा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङग ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । ठगी गरिरहेको भन्ने उजुरीका आधारमा कपिलबस्तु प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको हो ।
पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउपालिका वडा नं. ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी जिल्ला सुनवल नगरपालिका वडा नं. २ का अशोक धरिकारी, झापा जिल्ला दमक नगरपालिका वडा नं. ३ का खगेन्द्र निरौला, सप्तरी जिल्ला राजबिराज नगरपालिका वडा नं. १ का मिथलेश यादव, सोहि स्थानका मन्जुला राई रहेका छन । यस्तै रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं. ११ का मुकेश राउत, बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ३ का हेमराज थापा, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउपालिका वडा नं. २ का दिपा पुरी रहेकी छिन । ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा बिगत दुइ हप्तादेखिको गोप्य अप्रेसन अनुसार उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले पत्रकार सम्मेलन मार्फत सिआइबीको समन्वयमा युनिटी नेटवर्किङगमा संलग्न धादिङका रंजन लामा, दार्चुलाका भुपेन्द्र धामी, रौतहटका अमित कुमार चौधरी, गोरखाका सुसिल बिक, मकवानपुरका अभिराज तामाङ र भारत घर भएका सर्भिस पाण्डेलाई पक्राउ गरिने समेत कपिलबस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले बताए । पक्राउ परेकाहरु १८ देखि ३० बर्ष उमेरसम्मका रहेका छन । पिरामिड शैलीमा सदस्य बनाउँदै ठगी गर्न यस्तो व्यवसाय नेपालमा गरिँदै आएकोमा कानुनतः त्यस्तो गर्नु अवैध हो । सदस्यताको लागि ठूलो रकम लिने र सदस्य बनेपछि एकले अर्कोलाई सदस्य बनाउँदै यस्तो व्यवसाय फैलाइन्छ । जिल्लामा डी एक्स एन र भिस्टेज नामक कम्पनि ले पनि पिरामिड शैलीमा सदस्य बनाउँदै आएका छन ।