बेलायतमा भिजिट नेपाल २०२० को प्रवर्द्धन गर्दै नेपालीहरु

३१ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
33 Shares


लण्डन । निर्धारित समयमा शुरु भएको क्रोयडन मेलामा अन्य समुदायसंगै नेपाली समुदायको पनि उल्यखनिय उपस्थिति देखियो । हजारौले अवलोकन गरेको उक्त मेलामा क्रोयडन नेपाली समाजको मेहनत र देश प्रेम अनुभूति गर्न लाएकको थियो  भिजिट नेपाल २०२०” को टिर्सटमा प्रचार प्रसारका सामग्री बोकेर जुन दौडधुप र खटाई थियो त्यसबाट समाजको देश प्रति प्रष्ट झल्किरहेको थियो सद्भभाव र प्रेम । मेट्रोपोलिटियन लण्डन प्रहरी र सरी बरोका प्रहरी सुरक्षा विच विभिन्न समुदायका माझ नेपाली संस्कृति र खानाको छुट्टै तामझाम थियो । आफ्नो मेहनतले स्थान लिएको देख्दा नेपाली समाजका अगुवाहरू पनि प्रफुल्ल थिए ।

मेला संयोजनमा अहोरात्र लागि परेका क्रोयडन समाजका संस्थापक अध्यक्ष ध्रुवहरी बास्कोटा , अध्यक्ष नविनकुमार कार्की , कार्य समिति सदश्य डा। सुरज पौडेल , कार्यक्रम संयोजक आस्तिक कँडेल लगाएत कार्य समितिका पदाधिकारीहरु क्रमशः उपाध्यक्ष रिमा कँडेल , सचिव प्रमोद खनाल , कोषाध्यक्ष उषा बास्कोटा, सदस्यहरु शकुन्तला खपाङ्गी, सुनिता श्रेष्ठ, रञ्जना केसी , पार्वता कुवँर , राकेश शाह, सरोज खतिवडा अनि कार्यक्रम सफल पार्न सहयोगी भूमिका खेल्ने कमल नेपाल, केशब ढकाल, प्रियंका शाह, रेखा शाह, परशुराम पौडेल लगायतले ” भिजिट नेपाल २०२०  का टिर्सट लगाई नेपाली फुड र सँस्कृति प्रवद्वनमा लागि परिरहेका थिए ।

स्पाइस यार्डका मदन खपाङ्गी र शकुन्तला खपाङ्गीले क्रोयडन नेपाली समाजको फुड स्टल व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । कोयडन काउन्सीलर टोनी न्युमन , क्याबिनेट मेम्बर अफ क्रोयडन काउन्सिल मेम्बर हमिधा अली , सामाजिक अभियन्ता शिवजी श्रेष्ठ लगाएतले मेलामा नेपाली स्टललाई बडो चासोका साथ अवलोकन गरेका थिए ।भिन्न समुदायका विच नेपाली संस्कृति , संगित नृत्य त छ्दै थियो त्यसलाई भारतिय र श्रीलंकाका पोषाकले अझै मेलाको रौनकता थपेको थियो । आस्तिक कँडेल र रिमा कँडेलका जोडी नृत्य अन नाम्लो व्याण्डको प्रस्तुति नेपाली संस्कृतिका लागि विशेष अवसर र नेपाली समाजलाई गौरवको विषय थियो ।विशेष अवसरमा गरिने यस्ता क्रियाकलापले स्वस्थ्य सामाजिक अभ्यास गराउँछ । व्यस्त प्रवासी जिवनका वावजुद पनि देश र समाजका लागि समय पुर्‍याएर गरिने यस्ता सुन्दर गतिविधिको जति नै प्रसंसा गरे पनि अपुरो रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया