केहि मान्छेहरु निरासाको खेति गर्नुलाई दायित्वकै रुपमा लिए–मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

प्रकाश खनाल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले गोष्ठि र सेमिनारमा मात्रै १५ दिनमा डेढ अर्ब रुपयाँ खर्च गरेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक बर्षको अन्तिम असार महिनाको १५ दिनको अबधिमा मात्रै प्रदेश सरकारले गोष्ठि र सेमिनारमा डेढ अर्ब रुपयाँ खर्च नभएको दाबी गरेका हुन् । प्रदेशसभाबाटै पारित गरेको बार्षिक कार्यक्रम अन्तरगत गोष्ठि,सेमिनार लगायतका कार्यक्रमहरु भैरहेको भन्दै मुख्यमन्त्री पोखरेलले सो शिर्शक अन्तर्गत एक बर्षका लागि पनि डेढ अर्ब बजेट नछुट्टाएकोले १५ दिनमा त्यति रकम खर्च हुने कुनै आधार नरहेको बताए ।

कसैले भनेकै भरमा बिषयबस्तुको अध्ययननै नगरी प्रदेशसभा सदस्यले प्रदेशसभामा सो कुरा उठाएको भन्दै उनले त्यसले भर्खर बामे सर्दै गरेको प्रदेश र प्रदेशसभा सदस्यहरुकै गरिमामा आँच आउने बिचार व्यक्त गरे । बिषयबस्तुको बारेमा अध्ययन नगरी सार्वजनिक गरिने त्यस्ता बिषयले समाजमा नकारात्मक पर्नुका साथै प्रदेशसभा सदस्यकै कार्यक्षमतामा समेत प्रश्न्न चिन्ह खडा हुने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा कुरा उठाउदा बिषयबस्तुको गाम्भिर्यतालाई ख्याल गरेर र बिषयबस्तुको अध्ययन गरेर मात्रै आवाज उठाउन प्रदेशसभा सदस्यहरुलाई सुझाव दिए । केही मानिशहरु अहिले निरासाको खेति गर्न निकै मेहनतपूर्वक लागेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले निरासाको खेतिले कसैलाई फाइदा नगर्ने बिचार ब्यक्त गरे । प्रदेशसभा बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको बार्षिक कार्यक्रमको समेत चर्चा गर्दै यो बर्ष सोचे जति काम गर्न नसके पनि अन्य प्रदेशको तुलनामा धेरै काम गर्न सफल भएको दाबी गरे । योजना कार्यान्वयनका सन्दर्भमा यो बर्ष सिकाइको बर्षको रुपमा लिदै भन्दै मुख्यमन्त्री पोखरेलले आगामि बर्ष सडक पिच गर्ने योजनाहरुको ठेक्का लगाउदा जेठ मसान्त सम्ममा सम्पन्न गर्नेगरी मात्रै ठेक्का लगाइने बताए ।

मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीनको १० दिने भ्रमण बारे प्रदेशसभालाई जानकारी गराए । भ्रमणले मुलुकको बिकासका लागि ठुलो त्यागको आवस्यकता पर्ने शिक्षा दिएको भन्दै मुख्यमन्त्री पोखरेलले भ्रमणले दुई देशबीचको समबन्धलाई नयाँ उचाइमा उठाउनुकासाथै प्रदेशको बिकासमा समेत महत्वपूर्ण उपलब्धि हाशील भएको दाबी गरे ।भ्रमणका क्रममा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण रजनीतिक भए पनि औपचारिक भ्रमणमा रुपान्तरण भएको प्रदेशसभालाई जानकारी गराए ।