आज राति अबेरसम्म बैंकका काउन्टरहरु खुला हुने

३१ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


काठमाडाैं – आज असार मसान्त बैंकका काउन्टरहरु राती अबेरसम्म खुल्ने भएका छन् । सरकारले आज मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको हाे ।

‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया