अंग्रेजी पढाउने शिक्षकहरुको बुटवलमा प्रदेश स्तरीय भेला सम्पन्न

प्रकाशित मिति:

अंग्रेजी अध्यापन गराउने शिक्षकहरुको बुटवलमा प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । नेपाल अंग्रेजी भाषा शिक्षक एशोसियसन ९नेल्टा० जिल्ला शाखाको आयोजनामा प्रथम प्रदेशस्तरीय भेला बुटवलमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं। ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले अन्तराष्ट्रिय सम्पर्क भाषाका रुपमा अग्रेजी भाषाको पहिचान बनाएको बताए । नेपाली शिक्षा सुधारको प्रण गर्दै अब अग्रेजी, गणित र विज्ञान विषयमा ध्यान दिने गरि अघि बढ्न सुझाव दिए ।
प्राध्यापक लक्ष्मण ज्ञवाली, केन्द्रिय सदस्य होमराज खड्का, नेल्टाको जिल्ला अध्यक्ष लोकनाथ उपाध्यय, नेल्टाको केन्द्रिय सदस्य तारानाथ भट्टराईले विश्वका अधिकाश उत्कृष्ट पुस्तकहरु अग्रेजीमा लेखिएकाले पनि यो भाषाको महत्व बढेको बताए । भेलामा ११ जिल्लाका ९० जना शिक्षकहरु सहभागि रहेका छन ।