फेसुबकबाटै ८० लाख ठगी, पक्राउ परे ३ युवा

प्रकाशित मिति:

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन्।
उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।

थप समाचार