कञ्चन गाउपालिकामा एक महिलाको झुण्डिएर मृत्यु

प्रकाशित मिति:

कञ्चन-रुपन्देही जिल्ला कञ्चन गाउपालिका वार्ड नं।४ स्थित उत्तर छपालीटोलमा एक जना महिलाको झुण्डिएर मृत्यु भएको छ।इलाका प्रहरी कार्यलय रुद्रपुरको अनुसार दिउस करिब १।३० बजे तिर अन्दाजी ३२ बर्षकी चमेली परियारको गोठ नजिकैको झुप्रो भित्र झुण्डिएको अवस्थामा चमेलिमा देवर सिंह बहादुर परियारले बचाउन भनि डोरी काटिदिएको तर निजको मृत्यु भैसकेको बताइएको छ।

दैनिक ज्याला मजदुरी गर्दै आएका खिम बहादुर परियारका श्रीमति चमेली परियार दिउस तिर गोठमा गाई गोरुलाई घास दिन भनेर आएको र पछि चमेलीका देबर सिंह बाहदुर परियारका छोराले झुप्रोमा झुण्डिएको देखे पछि सिंह बहादुरलाई खवर गरे पछि उनी झुण्डिएको अवस्थामा भेटिएकी हुन।मानसिक सन्तुलन समेत राम्रो नभएकी चमेलीलाई बचाउन भनि देवर सिंह बहादुरले डोरी काटिदिएको बताएका छन।मृतकको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल,बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएकोछ।