ॐ यो महिनाकै तपाईको राशिफल

प्रकाशित मिति:

वृष राशिः वृष राशिका लागि यो महिना यात्रामयी रहनेछ । काम बन्नुका साथै पदोन्नतिका अवसर मिल्ने देखिन्छ । शत्रु नाश हुने छन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । सुखद् यात्राका विशेष योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्यलाभका योग देखिन्छन् । स्वास्थ्यमा सजग रहनु होला ।मिथुन राशिः मिथुन राशिका लागि यो महिना लाभदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ देखिन्छ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । शत्रु क्षेत्र भने सबल देखिन्छन् । कीर्ति वृद्धि हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि मिल्नेछन् । अध्ययनमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । कर्म क्षेत्र बलवान देखिन्छ । कार्यमा प्रगति हुनुका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । महिना यात्रादायी रहनेछ । पदोन्नतिका अवसर प्राप्त हुनेछन् । व्यापार व्यवसायबाटविशेष लाभ हुनेछ । पराक्रम बढ्नुका साथै बोलिको विशेष प्रभाव रहने छ । कार्यमा उन्नति हुनेछ । शत्रु पराजित हुने छन् । भाग्योदयको योग देखिएको छ । अध्ययनमा रुचि जाग्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै यात्राका अवसर पनि प्राप्त हुने देखिन्छ । सिंह राशिः सिंह राशिका लागि यो महिना खर्चिलो रहने देखिन्छ । स्वास्थ्यको क्षेत्रमा पनि बाधा व्यवधान आपर्न सक्नेछन् । शत्रु पक्ष पनि सबल देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । भूधनबाट विशेष लाभ देखिन्छ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यवसाय लाभदायी नै रहने देखिन्छ ।कन्या राशिः कन्या राशिका लागि यो महिनामा लाभदायी रहनेछ । शत्रु निर्वल रहने छन् । अध्ययनको क्षेत्र सबल छ । विद्याबाट विशेष लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र सबल छ । धार्मिक यात्राका अवसर मिल्नेछन् । स्वास्थ्यमा केही प्रतिकूलता रहनसक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहने छ ।

तुला राशिः तुला राशिका लागि यो महिना उन्नतिकारक रहनेछ । यात्राका अवसरहरू पनि प्रशस्त देखिन्छन् । भू धनबाट विशेष लाभ हुनेछ । विद्याको क्षेत्र सबल देखिन्छ । शत्रु पराजित हुने छन् । व्यापार व्यवसायबाट उल्लेख्य फाइदा हुने देखिन्छ । कला साहित्यमा विशेष रुचि रहनेछ । पराक्रम बृद्धिहुनुका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । आय आर्जनको स्रोत बढ्दै जानेछन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना संघर्षमयी रहनेछ । कर्म क्षेत्र बलबान छ । आर्थिक वृद्धिका साथै कार्यमा प्रगति हुने देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । कीर्ति वृद्धिका साथै कार्योन्नतिको योग पनि देखिन्छ । अध्ययनको क्षेत्र मध्यम छ । शत्रु प्रवल हुने छन् । बोलीमा विकार रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । खर्चमा वृद्धि हुनुका साथै कार्यमा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । धनु राशिः धनु राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । व्यापार बढ्नुका साथै व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीको प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ । विद्या लाभका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । शत्रु सबल रहने छन् । धार्मिक कार्यमा रुचि जागनुका साथै यात्राको योग पनि देखिन्छ । स्वास्थ्यका क्षेत्रमा सजग रहनु पर्ने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो महिना फलदायी रहने छ । कर्मप्रापितको योग देखिन्छ । आर्थिक वृद्धिका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै अध्ययनमाविशेष रुभिच रहने छ । कीर्ति वृद्धिका साथै सुखद् यात्राका अवसर पनि मिल्ने छन् । धार्मिक कार्यमा विशेष रुचि रहने देखिन्छ । कुम्भ राशिः कुम्भ राशिका लागि यो महिन लाभदायी रहनेछ । श्रीप्राप्तिका योग देखिन्छन् । धनको क्षेत्र सबल छ । पराक्रम बढ्नुका साथै कार्यको प्रभाव पर्ने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुने। देखिन्छ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । शत्रु भने सबल देखिन्छन् । कार्यमा सजगता अपनाउनु नै उचित हुने देखिन्छ । मीन राशिः मीन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । धन बृद्धिका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । पराक्रम बढ्नेछ । मित्र सुख मिल्ने छ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धिको योग देखिन्छ । सामाजिक कार्यमका विशेष रुचि जाग्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहने छ । धार्मिक यात्राका योग पनि देखिन्छन् । शत्रु भने सबल रहने छन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु होला ।उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५ ( हरेकपल बाट साभार ।