आज साउने सक्रान्ती ,संक्रान्तिको विहानै वाट चहलपहल

प्रकाशित मिति:

काठमाडौँ । आज साउने संक्रान्ति।नेपाली समाजमा साउने संक्रान्तिलाई एउटा पर्वकै रुपमा मनाउने पुरानो प्रचलन छ । खासगरी शहरमा भन्दा गाउँघरमा साउने संक्रान्तिको चहलपहल बढी हुन्छ ।सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलार्इ पावस रितु पनि भनिन्छ ।पाकेको अन्नको न्वागी खाने दिनका रुपमा पनि साउने संक्रान्तिलाई लिने गरिन्छ ।

पहाडमा यसबेला वर्षे धान पाक्ने र हरियो मकै खाने बेला हुने भएकाले धान र मकैको न्वागी खाने प्रचलन छ । साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व धेरै छ। आज साँझ गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझ अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ।यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय जातजातिले आजको दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।मांसहारीले आजको दिन राँगा, बंगुर तथा खसीबोका वा कुखुराको मासु खाएर साउने संक्रान्ति मनाउने गर्दछन् । पहाडमा आजको दिन सार्वजनिकस्थलमा स्याउला ओच्छ्याएर मासु काटेर गाउँलेहरुमा भाग लगाउने प्रचलन छ ।