गैडहबामा ४ हजार बिरुवा रोपियो, एक हजार फलफुलका बुरुवा रोपिने

प्रकाशित मिति:

गैडहवा – नेपाल सरकारले यस वर्ष राष्ट्रिय वृक्षारोषण वर्ष घोषणा गरी नेपालमा करीव ५ करोड विरुवा लगाउने लक्ष्यलाई सार्थक वनाउन गैडहवामा ४ हजार बिरुवा रोपिएको छ। जिल्ला डिभिजन वन कार्यालय रुपन्देही र नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौंको सहयोग, गैडाताल सामुदायिक वन उपभोक्ता समिति र जटायू रेष्टुरेण्ट संचालन समिति गैंडातालको आयोजना तथा स्थानिय समुदायको सक्रियतामा असार ३० र ३१ गतेका दिन गैडाताल सामुदायिक वन रुपन्देहीमा वृक्षारोषण कार्यक्रम सम्पन्न गरिएको जानकारी नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले दिनुभएको छ ।

सामुदायिक वन र जटायु रेष्टुरेन्ट ९गिद्धका लागि शुद्ध आहारा केन्द्र स्थल०को करिब ३ हेक्ट क्षेत्रफलमा तारवार सहित सिमल, खयर, टिक,सफेदा र गोलमोर गरी पाँच प्रजातिका विरुवाहरु करिब ४हजार २ सय विरुवा लगाईएको छ । यही साउन १५ गते सम्म ८०० देखि १००० फलफूलका विरुवा समेत लगाउने लक्ष्य लिएको जानकारी गैडाताल सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष श्री यम प्रसाद अधिकारीले दिनुभएको छ । तापक्रम बृद्धि, जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न र रुपन्देही जिल्लाकै सबैभन्दा ठूलो ताल गैडाताल यस सामुदायिक वन क्षेत्रको नजिकै रहेकोले जाडो र गर्मी समयमा अन्य मूलकहरुबाट आउने चराहरु र रैथाने चराहरुको लागि भविष्यमा उचित बाँसस्थान समेत तयार गर्ने उद्देश्य सहित बृक्षारोपण गरिएको र यस वृक्षारोपण कार्यले जैबिक बिबिधतामा पनि महत्वपुर्ण टेवा पुर्याउने अपेक्षा लिएको जानकारी समेत नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताउनु भएकोछ। ।