स्याङ्जामा भेटियो प्राकृतिक गुफा

प्रकाशित मिति:

यम सोमै स्याङ्जा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ कालाओडारमा अनौठो र एतिहासिक गुफा फेला परेको छ। मोटर बाटो निर्माणको क्रममा उक्त प्राकृतिक र एतिहासिक गुफा फेला परेको हो। उक्त गुफा भित्र अनौठा किसिमका प्राकृतिक आकृती हरु देख्न सकिन्छ । गुफा भित्र देखिने विभिन्न आकृतिमा विभिन्न देवी देवताको स्वरुप देख्न सकिन्छ । उक्त गुफाभित्र सिला नागा आकृतीहरुको देख्न सकिन्छ। गुफा भित्र प्रबेश गरि सके पछि गुफामा तीन वटा बाटाहरु रहेको छ। उक्त बाटोहरुले कहाँ पुर्याउने भन्ने बारेमा भनेअड्कल गर्न भने सकिएको छैन। उक्त गुफा भित्र सजिलै प्रवेश गर्न सकिने तर अँध्यारो भएकोले लाइटको सहयोग लिनु पर्ने हुन्छ।  हामीले बिजुली को लाइन तानेर गुफा भित्र बत्तीको वयवस्था छिट्टै गर्ने छौ । जस्ले गर्दा त्यहाँ गएर अवलोकन गर्न सजिलो हुन्छ। वडा नम्बर १ का सहसचिव केशब राज कोइरालाले बताउनु भयो। उक्त गुफा अवलोकन गर्नलाइ कालीगण्डकी गाउँ पालिकाका जन प्रतिनिधिहरु समेत गुफा स्थलमा पुग्नु भएको थियो।  तस्बिर : बिमल