अदालति ज्युरि अनिबार्य र बाध्यत्मक हुन्छ अमेरिकामा, अमेरिकामा अदालतले तपाइलाइ ज्युरिमा बोलाए के गर्ने
सानुबाबु सिलवाल तपाइ अमेरिकामा बस्दै हुनुहुन्छ। तपाइको आफ्नै नाममा ठेगाना छ अमेरिकामा। तपाइ राज्य वा सँघिय सरकारको सरकारि नामावलि डाटामा दर्ज हुनुहुन्छ। राज्य सरकारको डिभिजन अफ मोटर्स भेइकल्स डिएमभि कार्यालयको राज्य परिचय पत्र वा ड्राइभिङ्ग लाइसेन्स छ भने तपाइको ठेगानामा स्थानिय अदालत, सुपरियर अदालतबाट कुनै पनि बेला तपाइलाइ अदालतमा बिचाराधिन अनिर्णयको बन्दि भैरहेको मुद्दा वा अदालतले निर्णय गर्न नसकेको मुद्दामा अमेरिकन नागरिकहरुलाइ अदालतको सम्बन्धित मुद्दामा निर्णायक फैसला र बिचार दिनका निमित्त ज्युरिमा बोलाउन सक्दछ। अदालतबाट चिठ्ठि त आयो तर हतास हुने, आत्तिने काम गर्दै नगर्नु होला।
यो एक बर्षका बिचमा झन्डै ३ दर्जन दाज्जुभाइ दिदिबहिनिहरुले अदालतबाट ज्युरिमा बोलावट भैसकेपछि आत्तिएर र हतास भै सम्पर्क गर्नुभयो मलाइ। मलाइ लागेर आयो कि केहि लेखौ यस बारेमा जसबाट अन्य नेपालि समुदायका सदस्यहरुले जानकारि प्राप्त गर्नेछन, जान्ने र बुझ्ने मौका प्राप्त गर्नेछन र यदाकदा भबिश्यमा यस प्रकारका अदालति ज्युरि सम्बन्धि चिठ्ठि आएमा अब आइन्दा आत्तिनु पर्ने छैन। ति दाज्जुभाइ दिदिबहिनिहरुले आत्तिदै सोधे मलाइ अब के गर्नेरु के हुन्छ यदि यसरि बोलाउदा नगएमा वा ज्युरिमा हाजिरि नभएमारु हाजिरि नहुदा कानुनि सजाय हुन्छ कि हुदैनरु यस प्रकारको बोलावट कति सम्बेदनशिल हो त सर्बप्रथम तपाइ सङ्ग अमेरिकि नागरिकता छैन अर्थात तपाइ हालसम्म अमेरिकि नागरिक बनिसक्नु भएको छैन वा यहि जन्मिएको तर १८ बर्ष पुगेको छैन भने वा तपाइ राज्य स्तरमा तोकिएको सिनियर्स उमेर ६५ भन्दा माथि कहि ७० बर्ष भन्दा माथि जस्तै नर्थक्यारोलिनामा ७२ बर्ष भन्दा माथि हुनुहुन्छ, तपाइ ग्रिनकार्डमा मात्र हुनुहुन्छ वा तपाइसङ्ग अन्य लेगल कागज मात्र छ भने तपाइलाइ ज्युरिमा ज्युरोरको रुपमा उपस्थित हुनु पर्ने छैन। अर्थात अमेरिकि नागरिक हुनु अनिबार्यता छ ज्युरिमा उपस्थितका लागि। तपाइसङ्ग पासपोर्ट मात्र छ र अन्य इमिग्रेसन कागज मात्र भने पनि यसरि ज्युरिमा बोलाउदा जानु पर्ने छैन।
तर, नागरिक नभएको अबस्थामा तपाइलाइ कथकदाचित अदालतले ज्युरिमा बोलाएमा के गर्ने तरु यो एउटा गहन प्रश्न हुनसक्दछ। त्यसबेला ज्युरिका लागि बोलाइएको कागजमा अदालतको रजिस्टर कार्यालय वा महान्याधिबक्ता डिए अफिसमा आफु नागरिक नभएको कारण सहित जानकारि दिएमा वा उक्त कागजमा आफु अमेरिकि नागरिक नभएकाले हाजिर हुन नमिलेको कारण खुलाइदिएमा तपाइलाइ लिस्टबाट हटाइदिने छ। जसबाट तपाइलाइ हाजिर नहुदा वा गयल हुदा हुनसक्ने कानुनि कार्वाहिबाट बच्नु हुनेछ।अदालतले ज्युरिमा बोलाइसके पछि तपाइ नागरिक भए यो हाजिरि अनिबार्य हुनेछ। यो सबिधान र कानुनि बर्खिलापमा जाने वा यसको अपहेलना गरि आखा चिम्लेर बसेमा तपाइलाइ राज्य अनुसारको आर्थिक फाइन र जेल सजाय वा दुबै हुनसक्नेछ। यस्तो अबस्थामा हाजिर नहुदा अदालतका न्याधिशले तपाइलाइ बेन्च वारेन्ट जारि गर्न सक्नेछ। यसको मतलब तपाइ जेलको यात्राका लागि तयार भएर बसे भयो भन्ने हो। यो ज्युरि उपस्थिति वा हाजिरि बाध्यात्मक छ तर कथमकदाचित हाजिर हुन सक्नु भएन भने तुरुन्त क्राइम अर्थात अपराध क्षेत्र हेर्ने वकिललाइ सम्पर्क गरि सहयोग लिदा नसिहत र कार्बाहिको तह घट्न वा कमि हुन सक्दछ।
यदि तपाइ शारिरिक एबम मानसिक रुपमा अशक्त हुनुहुन्छ, अपाङ्गता छ, आर्थिक दयनिय अबस्था छ र तपाइले उक्त ज्युरिमा बोलाइएका बेला वा हाजिर वा उपस्थित हुन नसक्दा तपाइ वा तपाइको परिवारलाइ आर्थिक सकट, र यसको ठुलै बोझ हुनेछ र तपाइको कमाइबाट डिपेन्डेण्टहरु छन, तपाइ अदालति कार्वाहि वा दोषमा फेलोनि भैसक्नु भएको छ, ज्युरिको सम्बन्धित मुद्दामा तपाइको फरक भिन्न बलियो अडान छ, तपाइ घरमा आफ्ना नाबालक बच्चाको हेरचाहमा हुनुहुन्छ र तपाइको अभावमा नाबालक बच्चाहरु बेवारिसे बन्ने अबस्था छ भने, तपाइ वा तपाइको परिवारका सदस्य आपतकालिन अबस्थामा हुनुहुन्छ वा अस्पतालमा हुनुहुन्छ भने यसको बलियो प्रमाण देखाउन सक्दा तपाइ ज्युरिमा जानु पर्दैन अर्थात तपाइले छुट पाउनु हुनेछ। यसबाट तपाइले कानुनि कार्बाहि सामना गर्नु पर्ने छैन। तर, लगभग ५ देखि ८ बर्ष देखि ८ बर्षको बिचमा बोलाइन सक्ने ज्युरिमा पटक पटक अबज्ञा गरि गलत सुचना वा जानकारि दिएर बच्न सक्नु हुने छैन। बिभिन्न राज्यमा ज्युरि अनुपस्थितिको कार्वाहि र सजाय फरक फरक रहेको छ। जस्तै टेक्सासमा १०० डलर देखि तिनरात जेल सजाय स्थानिय काउन्टि अदालतमा र सुपरियर अदालतमा १ हज्जार डलर देखि ६ महिना जेल सजाय सम्म हुन सक्नेछ। त्यसैगरि क्यालिफोर्नियामा ५ दिन जेल सजाय र एक हज्जार डलरसम्म सजाय र निम्नतम २५० डलर देखि पटक पटक भएमा १५ सय डलर सम्म जरिवाना तिर्नु पर्नेछ। तपाइ ज्युरिमा ज्युरोरको रुपमा उपस्थित भएमा पहिलो दिन १२ डलर देखि त्यसपछिका दिन पनि उपस्थित हुनु पर्ने स्थिति आएमा दिनको ४० डलरसम्म ज्याला पाउनु हुनेछ।त्यसैले ज्युरिमा उपस्थितिका लागि चिठ्ठी आएमा अबज्ञा चाहि पटक्कै नगर्नु होला। यदि नजानेमा, नबुझेमा बुझेका मानिस वा आफन्त वा भाइसाथि वा आफ्ना वकिल मार्फत सहयोग लिन सक्नु हुनेछ। भबिश्यमा यस्ता प्रकारका चिठ्ठि आएमा वा नबुझेमा सम्पर्क गर्न सक्नु हुनेछ मलाइ कुनै पनि बेला। तपाइहरुको सहयोग र सेवाका लागि सधै नलेज ट्रान्सफर।