कांग्रेस नेता भण्डारीले गरे यादव परिवारका सदस्यलाई १ लाख २५ हजार आर्थिक सहयोग

प्रकाशित मिति:

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौ क्षेत्र न।३ का महासमिति सदस्य हरिबोल भण्डारीले काठमाडौंको मुलपानीमा २७ गते पर्खाल भत्किँदा मृत्यु भएका परिवारका सदस्यलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। कांग्रेस नेता भण्डारीको संयोजकमा मंगलबार एक कार्यक्रम गरि नेपाली कांग्रेस काठमाडौं जिल्लाका सदस्य लवराम दाहाल,एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका सभापति सुनिल शाहबाट जनही २५,००० हजार तथा शिव खतिवडाको तर्फबाट ५ हजार साथै विद्यालय परिवारको तर्फबाट २५ हजार गरि कुल १ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरिएको हो।

अविरल वर्षको कारण मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको थियो। बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा निलु यादव, सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको थियो। एकै परिवारका उनीहरु मजदुरी गर्दै गुजारा गर्दै आएका थिए ।