बुटवलको देउराली डाँडामा पहिरो रोक्न मुलाटो घाँस लगाइयो

प्रकाशित मिति:

झविन्द्र देवकोटा  बुटवल, १ साउन । बुटवल उपमहानगरपालिकाको वडानम्बर १ को देउराली डाँडामा हुने भूक्षय तथा पहिरोको रोकथामका लागि अफ्रिकन महादिपमा पाईने मुलाटो नामको घाँस लगाइएको छ । देउराली डाँडा क्षेत्रमा हुने भूक्षय तथा पहिरो रोकथामका लायन्स क्लव अफ बुटवल मणि उजेशले बुधबार देउराली डाँडाको दुई हजार ६ सय स्क्वायर मिटर क्षेत्रफलमा मुलाटो नामको घाँसे बिरुवा लगाएको हो ।बढीमात्रामा गर्मि ठाँउमा हुर्किने उक्त प्रजातीको घाँस गाईभैसीका लागि पोष्टिक घाँस हुने तथा डडेलोले पनि नमास्ने भएकाले क्लवले मुलाटो नामको घाँस देउराली डाँडामा लगाएको क्लवका कार्यक्रम संयोजक सृष्टि गुरुङ्गले जानकारी दिईन् । सो क्षेत्रमा २३ हजार चार सय विरुवा रोप्ने योजना अनुसार सो क्षेत्रमा अहिले केही बिरुवा रोपिएको गुरुङ्गले बताईन् ।

यसैबीच क्लवका वर्ष सन् २०१९÷२० का अध्यक्ष नेहा अग्रवालको अध्यक्षतामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टूका पास्ट डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठले पर्यावरणीय संरक्षण तथा भूक्षय रोकथामका लागि मुलाटो ग्रास उपयुक्त बनस्पति रहेको बताए । यस्तै वुटवल वडानम्बर १ का अध्यक्ष महेन्द्र लिगलले पहिरो रोकथामका लागि उक्त प्रजातिको घाँस उत्तम भएकाले वृक्षरोपण कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक कोचिफ अर्जुनमान शैजु, सुनिता बजिमय श्रेष्ठ, डिष्ट्रिक एडभाईजर पुरुषोत्तम प्राधानाङ्ग, एरिया चिफ विनोद खरेल, रिजन चियर प्रशन अभिषेक भारी, जोन चियर प्रशन भरत श्रेष्ठ, लायन्स क्लव अफ सेनेटियलका दिपक कौशल, सिद्धार्थ केवल कारका संयोजक अभिषेकलाल श्रेष्ठ लगायतले पहिरो तथा भूक्षय रोकथामका लागि मुलाटो नामको घाँस देउराली डाँडामा लगाएर क्लवले राम्रो कामको सुरुवात गरेको बताए । मुलाटोको जरा जमिनमा डेड मिटरसम्म तल जाने भएकाले उक्त बनस्पति भूक्षय रोकथामका लागि राम्रो मानिने उनीहरुले बताए । यसैबीच क्लवले पहिलो चार्टर डे सेलिब्रेशन कार्यक्रम समेत बुधबार मनाएको क्लवका प्रथम उपाध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिईन् ।