नेपाल विद्युत प्राधिकरण गुल्मद्धिारा ३३ औ बार्षिकउत्सव विविध कार्यक्रम गरी सम्पन्न
गुल्मीमा रहेको नेपाल विद्युत प्राधिकरणले आफ्नो ३३ औ बार्षिकउत्सव विविध कार्यक्रम सहित भव्य रुपमा मनाएको छ । सोही अवसरमा बोल्दै प्रमुख अतिथि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनताहरुको सेवामा प्रतिबद्ध भएर लाग्न र मुस्कान सहितको सेवा प्रवाह गर्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले आफ्नो ३३ औ बर्षमा प्रवेश गर्दा विद्युत चुहावट निकै कम भएकोमा खुशी व्यक्क्त गरे । सोही अवसरमा प्रहरी उपरीक्षक दिपक कुमार बस्नेत,प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी लगायतको विशेष आतिथ्यता रहेको थियो । बार्षिक उत्सवमा चियर रेस प्रतियोगिता तर्फ विकाश पन्थी प्रथम,घैटोफोर तर्फ शक्क्तिराज घिमिरे प्रथम, र सोलो बाइक रेस प्रतियोगितामा जितेन्द्र गौतम प्रथम भएका थिए । विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेलले पुरस्कार प्रदान गरेका थिए ।अवसरमा नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका कार्यालय प्रमुख नारायण अर्यालले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । भने कार्यक्रम नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्दका प्रमुख नारायण अर्यालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन कार्यालयका सहायक लेखापाल शक्क्तिराज घिमिरेले गरेका थिए ।