बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, तीन जनालाई सर्पले टोक्यो

१ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
44 Shares


राजबिराज- रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पदंशको डरत्रासले भयवित भएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् । पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपीडितलाई सर्पले टोकेपछि झन आतकित भएको हो । सर्प दंशबाट घाइते तीनै जनाको उपचार गराइ घर फर्केका छन् । सर्पको टोकाइबाट गत सोमबार बाढीप्रभावित तिलाठी कोइलाडी गाउँपालिका १ का ५० वर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ वर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ वर्षिय रामकुमार यादव घाइते हुनुभएको छ ।

घरको खाटमा बसेका बेला सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तीनै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गरिएको छ । अत्यधिक गर्मी र लगातार वर्षापछि आएको बाढीले सर्प निस्किएर आउँदा सर्पदंशका घटनामा बृद्धि हुदै गइरहेको अस्पतालको आकस्मिक कक्षले जनाएको छ । वर्षा र बाढीपछि सर्पदंशका ४४ जना विरामी उपचारका लागि अस्पताल भर्ना भएको र दैनिक पाँच÷सात जना सम्म सर्प टोकाइका विरामी उपचारका लागि आउने गरेको बताएको छ । यसरी आउने विरामीमध्ये अधिकांश बाढीबाट प्रभावित तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकासहित ग्रामिणवस्तीका रहेका छन ।

यता जिल्लाका अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा नीजि क्लिनिकहरुमा समेत सर्पदंशका विरामी उपचार गराउने गरेको बताइएको छ । सर्पदंशको घटना बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधि पर्याप्त भण्डारण गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने