राष्ट्रिय परोपकार महासंघ नेपाल रुपन्देहीद्धारा रक्तदान

प्रकाशित मिति:

राष्ट्रिय परोपकार महासंघ नेपाल रुपन्देही शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा मुक्तीनाथ धामका संरक्षक १हजार ८ स्वामी लोकानन्दको प्रमुख अतिथ्यता रहेको थियो । सो कार्यक्रममा बोल्दै स्वामी लोकानन्दले रक्तदान बाट पनि मानव धर्म पाप्त हुने भन्दै सबै लाई रक्तदान गर्न आग्रह गर्नुभयो ।त्यसतै ,संस्थाले मानविय सेवा बाट उत्प्रेरित भई रक्तदान कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ३३ युनिट रगत संकलन भएको सचिब तुल्सीराम भण्डारीले बताउनुभयो ।