रेसुङ्गा तपोभूमिमा एक महिने साउने मेला शुरु

प्रकाशित मिति:

तिलाचन पाण्डे/गुल्मी – विगतका वर्षहरूमा जस्तै यस वर्षपनि साउन महिनाभरि एक महिने मेला मंगलबारबाट सुरुभएको छ । एक महिनासम्म चल्ने मेलामा रेसुङ्गामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नालेअहिले सम्म गरिएका पापहरु नष्ट भई पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनुभयो । मेला अवधिभर धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन लगायतका विविध कार्यक्रमहरुको पनि आयोजना गरिएको तर बुधबार भने पुजाआजा नगरिने भुसालले जानकारी दिनुभयो । चन्द्रगह्रण लागेको २ दिनसम्म सुतक रहने भएकाले बुधबार पुजा नगरिने भुसालले बताउनुभयो ।

सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङा धार्मिक,पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो । यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउदै आएको छ । समुन्द्र सतह बाट ८ सय मिटर देखि २ हजार ३ सय ५० मिटर सम्म रहेको यस पहाडको नाम रेसुङा रहनुमा विभिन्न कारण र किम्बदन्तीहरु छन् । हिला त्रेता युगमा महर्षि ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङा नामाकरण भएको हो भन्ने भनाई कत्तिको छ भने कसैको भनाई यो क्षेत्र मगरात क्षेत्र भएकोले यो मगर भाषामा रेस भनेको नुहाउनु मा उपसर्ग जोडेर रेसुङा नामाकरण रहेको हो भन्ने भनाई छ । ऋष्य श्रृङले साधनाको स्थानको रुपमा रेसुङामा आई गरेको भन्ने भनाई पनि छ । साथै श्रीकृष्णले रेसुङामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसी हरुको बर्षे आश्रम रेसुङा नै थियो भनेर भनिन्छ । महाप्रभु लक्ष्मी नारायण बाट निर्मित पोखरी हिन्दु धर्मालम्वी हरुका लागि सबै तिर्थ नदिको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी,हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरुको भीड लाग्दछ । यस पोखरीमा नुहाउनाले पापहरु नष्ट भई पुन्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

रेसुङाको टुप्पोमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ यस बाट हेर्दा गुल्मीका अधिकाँस भू भाग लगायत बाग्लुङ,स्याङ्जा,अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थान हरु स्पष्ट रुपले देख्न सकिन्छ । यसको महत्व र ब्यापकतालाई बुझेर प्रचार प्रसार र संरक्षणका निम्ति केही समय यता बिभिन्न क्षेत्रबाट सक्रियता देखाईएको साथै समग्र विकासका लागि गुरु योजना तयार कार्य सम्पन्न भईसकेको छ । यसलाई आधार मानेर ग्रामीण पर्यटन प्यारालाईडिङ , चट्टान , आरोहण ,पैदल यात्रा , घोडा चढी , माउण्टेन बाईकिङ जस्ता कार्यक्रम हरु अगाडी बढाउन सरोकारवालाहरुले सुझाब दिएका छन् । यता रेसुंगा नगरपालिकाका प्रबक्ता पदम अर्यालले रेसुंगाको मेलाका लागि ब्यबस्थापन गर्न भन्दै नगरले चारलाख रुपैयाँ बजेटको ब्यबस्थापन गरेको र रेसुंगा जाने पैदल यात्रुहरुको लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बाटो मर्मत गर्ने कार्य गरेको भन्दै आगामी दिनमा गुरुयोजना अनुसार नै रेसुंगाको बिकासका निम्ति लाग्ने जानकारी दिनुभयो । रेसुंगाको बिकासका निम्ति प्रदेस सरकारले पनि लगानी गर्ने इच्छा जगाएको भन्दै आगामी दिनमा रेसुंगालाई नमुना प्रर्यटकिय रुपमा बिकास गर्ने गरी नगरपालिका लाग्ने अर्यालले दाबी गर्नुभयो ।