लायन्स युथद्वारा लिडरसिप कन्क्लेभ

१ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
20 Shares


बुटवल,१ साउन । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा लिडरसीप कन्क्लेभ (सम्मेलन) सम्पन्न भएको छ । कार्यक्रममा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल,युवा उद्यमी मोटिभेटर्स अब्दुस मीया र निगम हुमागाइले युवा नेतृत्व क्षमताका बारेमा सहजिकरण गरेका थिए । पूर्व देखि पश्चिम यात्रामा निस्किएको टोलीले बुटवलमा तीन सय भन्दा बढी युवा युवती तथा प्राध्यापकहरुमाझ युवा नेतृत्व विकासको बारेमा आफ्ना धारणा राखेको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले राज्यले युवा जनशक्तिलाइ नेपालमै रोजगार दिनुपर्ने र विदेश पलायन हुनबाट रोक्ने बाताबरण बनाउनुपर्ने बताएका आयोजक क्लवका अध्यक्ष दीपक श्रेष्ठले बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ का पिडिजी महेन्द्र नारायण श्रेष्ठ, क्लबका सचिव बिष्णु काफ्ले, कार्यक्रम संयोजक हरिकृष्ण अधिकारी,बाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्याय लगायतले बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया