कला लम्सालको तिज गित पातली सार्वजनिक

प्रकाशित मिति:

नवलपुर १ साउन । चर्चित गायिका कला लम्सालको तिज गित “पातली” सार्वजनिक भएको छ । चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ । भिडियोसहित सार्वजनिक भएको यो गीतमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ । आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोले दर्शकहरुको राम्रै माया पाइरहेको गायिका लम्सालले जानकारी दिइन्।