१८ औं एसियाली खेलकुदको जर्कातामा भब्य उद्घाटन

प्रकाशित मिति:

दिपक न्यौपाने ,
इन्डोनेशिया
१८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार खेलाडीले प्रतीयोगीतामा सहभागीता जनाएका छन । जकार्तामा उद्घाटन भएको र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछ ।सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना गरेको हो । प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरीएको थियो ।जेराला बङ कार्नो ९जेबीके०मुख्य स्टेडियममा शनिबार साझ भएको उद्घाटनमाडेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुति दिएका थिए । भने चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई विशेष बनाएका थिए । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गरेका हुन । उनी मोटरसाइकलमै आएर उद्घाटन गरेका थिए । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडमा नेपाल अहिलेसम्म स्वर्णमा कुनै पदक ल्याउन सकेको छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्ण पदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको गौरवशाली एसियाड पदक हो । एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ ।पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्य पदक जितेको छ ।
नेपालका १ सय ८७ खेलाडी खेल्दै

नेपालले २९ खेलमा १ सय ८७ खेलाडीलाई प्रतीस्पर्धा गराउदै छ ।
राष्ट्यि खेलकुद परिषदका सदस्यसचिव समेत रहेका विष्टले तेक्वान्दो, कराते, जुडो, उसु, बक्सिङसहित नया खेलका रुपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए । उनले आफूलाई खेलाडीहरुले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका आधारमा प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए ।तेक्वँन्दो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सिधै जकार्ता आएको हो भने करातेले जापान, उसुले चीन, बक्सिङ थाईल्यान्ड, स्केटिङले हङकङमा प्रशिक्षण गरेको थियो । पाराग्लाइडिङले पनि पछिल्लो महिना चीन प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो ।उद्घाटनको मार्चपासमा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका थिए । नेपालले भोली आइतबार फुटबल,भलिबल,कुस्ति,कपर्दी,टेनिस,तेक्वान्दो,ब्याडमिन्टन लगायतका खेलमा प्रतीस्पर्धा गर्ने छ ।