कांग्रेस सभापति देउवा तराइ झरे,बारा र रौतहटका बाढी पिडित संग भेटघाटमा व्यस्त

प्रकाशित मिति:

बुटवल – कांग्रेस सभापति शेरवहादुर देउवा आज बाढी पिडितको मर्का र पीर बुझनको लागि भनेर तराइ झरेका छन ।वुधवार नै काठमाण्डौंबाट बारा पुगेका देउवाले बाराको बाढी प्रभावित क्षेत्र गढीमाइ र पिपरामा पुगेरस्थलगत अध्ययन गरेका छन । संसद वैठक अचानक रोकिएपछि कांग्रेस सभापति देउवा तराइमा भएको डुबानको बारेमा अध्ययन गर्न त्यसतर्फ लागेका हुन । उनी वारा पुग्दा उनीसंगै कांग्रेसको प्रदेश नम्वर २ का ८ जिल्लाका सभापति पनि साथै रहेका छन । सभापति देउवा आज वाराको स्थलगत भ्रमणपछि रौतहट पुगेका छन ।
सभापति देउवाले अझै ४ दिनसम्म यसैगरि तराइको विभिन्न बाढी र डुवानले समस्या पारेको स्थलको अध्ययन गर्नेछन र जनतासंग प्रत्यक्ष सम्वाद गरेर त्यहा भएको समस्या समाधानको लागि पहल गर्नेछन । सभापति देउवा रौतहट पुग्दा हिजो नै धनुषा पुगेका कांग्रेस पुर्वमहामन्त्री विमलेन्द्र नीधि सहितको टोली पनि रौतहट आइपुगेको छ । अब यो दुवै टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन गर्नेछ ।