सालीसँग मिलेर श्रीमतीको हत्या

प्रकाशित मिति:

कास्की – पोखरा महानगरपालिका – १५ कान्तिपुर चोककी लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा उनकै श्रीमान पक्राउ गरेका छन् । प्रहरीले लक्ष्मकी श्रीमान ३५ वर्षीय रमेश नेपालीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा(९ महेन्द्रपुल बस्ने भोजपुरका ३२ वर्षीय संजय शर्मा, पोखरा पृथ्वीचोक बस्ने सर्लाहीका २६ वर्षीय चित रञ्जन कुमार साह र गोरखाकी १९ वर्षीया अनु परियार रहेका छन् ।

२७ वर्षीया लक्ष्मी असार १ गतेदेखि हराइरहेकी थिइन् । २५ दिनपछि उनको शव पोखरा(२२ कर्कले जंगलमा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा लक्ष्मीको हत्यामा उनकै श्रीमानको प्रत्यक्ष संलग्नता खुलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार लक्ष्मीले आफ्ना श्रीमान र साली नाता पर्ने (मामाकी छोरी) अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएकी थिइन् । यसबाट आफ्नो बदनाम भएको भन्दै उनीहरूले लक्ष्मीको हत्या योजना बनाएको खुलेको छ । उनीहरूले करिव ४ महिना अगाडि मात्र युनियन लाइफ इन्युरेन्समा लक्ष्मीको एक करोडको जीवन बीमा गराएको समेत पाइएको छ । घटनामा संलग्न तीन जना भारतीय नागरिकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । – अनलाइनखबर