सैनामैनामा कृषि उपकरण वितरण 

प्रकाशित मिति:

सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई ५ थान मिनि टिलर र १ थान पावर टिलर , १ थान रिपर र १ थान क्यूजल प्रदान गरेको छ । कृषि उपकरण साम्रागी हस्तान्तरण गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले किसानहरुलाई कृषि पेशामा लाग्न प्रोहोत्सान गर्ने उद्धेश्यले अनुदानमा मिनि टिलर र पावर टिलर बितरण गरिएको बताउनु भयो । सैनामैनाको कृषि क्षेत्रलाई आधुनिकरणसंगै प्रबिधिको उच्चतम प्रयोग गर्न नगरपालिकाले योजना बनाईरहेको समेत नगरप्रमुख कार्कीले बताउनु भयो । बिशेष गरेर जगाको चक्लाबन्दी गरी सामुहिक खेती र एकिकृत कृषि प्रणालीमा जोड दिईएको प्रमुख कार्कीले बताउनु भयो । आफुले पाएको प्रबिधिको उच्चतम प्रयोग गरी फाईदा लिन समेत कार्कीले अनुरोध गर्दै आफुसंग भएको प्रबिधिले अरुलाई समेत सहयोग गर्न आग्रह गर्नु भएको छ । परम्परागत शैलीले खेती गर्दा यूवाहरु कृषिमा आकर्षित हुन नसकेकोले कृषिमा प्रबिधिको प्रयोग गरी युवालाई कृषितर्फ प्ररित गर्नको लागी सैनामैना नगरपालिकाले आधुनिक कृषिका लागि उक्ता कृषि उपकरण हस्तान्तरण गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भयो ।

कृषकको लगानी कम गरी भएको उत्पादनले कृषकलाई फाईदा होस भन्ने उद्धेश्यले किसानलाई उपकरण बितरण गरिएको कृषि सेवा केन्द्रका अधिकृत सादुशरण यादवले बताउनु भयो ।  सैनामैना ७ का चन्द्र ब। राना ,सैनामैना ७ का टेक बहादुर अर्याल ,सैनामैना ५ का राम प्रसाद चौधरी, सैनामैना ८ का राम प्रसाद पाण्डे,सैनामैना १ का मङ्कगरे यादव र देउराली किसान समुहले सो टिलर अनुदानमा पाएका हुन ।
अनुदान उपकरण पाए पछि खुशी ब्यतm गर्दै सैनामैना ७ का चन्द्र ब। रानाले यस बाट धान खेती,गहु खेती र तरकारी खेती गर्न सहज हुने बताउनु भयो ।  सैनामैना ८ का राम प्रसाद पाण्डले आफुहरुले अब कृषिमा प्रबिधिको प्रयोग गरी कम लगानीमा उच्चतम फाईदा पाउन सकिने बताएका थिए ।