बुटवल क्रिकेट समितीमा नयां नेतृत्व

२ भाद्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
9 Shares


बुटवल क्रिकेट विकास समितिमा दोस्रो साधारण सभा तथा पहिलो अधिवेसनबाट नया नेतृत्व चयन भएको छ । नेत्र पौडेलको अध्यक्षमा उपाध्यक्षहरु रोमित बज्राचार्य र निरजप्रताप खाँड, सचिव भुवन अधिकारी, सहसचिव राहुल कुमार विक, कोषाध्यक्ष अमित श्रेष्ठ, सदस्यहरु पुनित पोखरेल, राजेश थापा, राजु राना, सावित्रा विक, संन्जय श्रेष्ठ, अनिल विक, सुमित खनाल, विश्व रणपाल, हिमाल पुन, प्रकाश खनाल, कृष्ण सेन तथा समित बज्राचार्य, मछिन्द्र श्रेष्ठ र विवेक गुभाजु सदस्यमा मनोनित भएका छन । कार्यक्रममा उद्घाटन गर्दै क्यानका जिल्ला आध्यक्ष प्रशान्त विक्रम मल्लले नेपाली क्रिकेटेको सम्भावना रहेको बताए । समितिका उपाध्यक्षहरु रोमित बज्राचार्यले खेलमार्फत अन्तराष्ट्रिय पहिचान बनाउन सकिने अवस्थालाई मध्येनजर गरेर सरकारबाट सहयोग जरुरी रहेको बताए । नेपाली काग्रेसका नगर सभापति खेलराज पाण्डेले क्रिकेटमा युवाहरुमा अवसर र सम्भावना देखिएकाले आर्कषण बढेको बताए । खेल खेल्नका लागि स्थाई श्रोत नहुदा खेलाडीहरुमा समस्या देखिने गरेकाले भन्दै यसतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए । नवनिर्वाचित अध्यक्ष नेत्र पौडेललेले भौतिक पूर्वाधारका लागि सामुहिक पहल गर्ने बताए । क्रिकेट खेलले अन्तराष्ट्रियस्तरमा फड्को मारेपनि स्थानिय स्तरमा पूर्वाधार विकासमा पछि रहेको गुनासो गर्दै उनले स्थानिय सरकारबाट ठुलो आशा रहेको बताए । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष गंगाराम सुनारले भौतिक पूर्वाधारका लागि विगतमा लामो समय जनप्रतिनिधीविहिन अवस्थामा आफुहरुले दर्जनौं निवेदन पेश गरेको बताए । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडासदस्य चिन बहादुर गुरुङ्गले राजनीतिक क्षेत्रबाट खेल पछि परेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस