गौशालाको ३ सय ७० रोपनी जग्गा गायब

प्रकाशित मिति:

काठमाडौं – गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ । नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ ।
जग्गाको खासै आयस्ता पनि आउँदैन । वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेके रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए । ‘सबै जग्गा मोहीले कमाएका छन्,’ उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन् ।’ निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन । अन्नपूर्ण पोस्टबाट