तिलोत्तमामा राखिएका बुद्धका मूर्ति तोडफोड

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएकाे छ । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल-बेहलहिया सडकखण्डअन्तर्गत योगीकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखिएका थिए । गत १ वैशाखमा प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए ।

गए राति सडकको मध्यभागमा राखिएका बुद्धमूर्तिमध्ये शंकरनगर चोकदेखि नयाँ मिलसम्मका चार वटा मूर्ति तोडफोड गरिएकाे हाे । उक्त मूर्तिहरु कसले किन फुटायाे भन्ने अहिलेसम्म खुलेको छैन । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले मूर्ति फुटाइएकोमा आश्चर्य व्यक्त गरे । इलाका प्रहरी कार्यालय बुटवलले मूर्ति फुटाउनेहरुको खोजी भइरहेको बताएको छ ।