कंगाेमा इबोलाको महामारी

प्रकाशित मिति:

एजेन्सी – प्रजातान्त्रिक गणतन्त्र कंगाेमा इबोला महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै ‘विश्व स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । उक्त घोषणासँगै समृद्ध राष्ट्रले इबोलासँगको संघर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगाेमा इबोलाका कारण हालसम्म १६ सय बढीले ज्यान गुमाइसकेका छन् । यसै साता १० लाख बढी जनसंख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटना सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ ।